नेपाल बङ्गलादेश बैंक र आइएमई डिजिटल बीच सम्झौता

नेपाल बङ्गलादेश बैङ्क र आइएमई डिजिटल बीच आइएमई पे मोबाइल मनी मार्फत् मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बङ्गलादेश बैङ्कका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमबार हस्ताक्षर गरेका हुन् ।

सम्झौता भए सँगै बैङ्कका सेवाग्राहीहरूले चाँडै आइएमई पे वालेटमा आफ्नो बैङ्क खाता लिङ्क गर्ने लगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार