सेयर बजारको चक्रलाई धान्ने व्यक्तिले लाभ लिन सक्छ :अर्थमन्त्री खतिवडा

Citizen Life Insurance Co

अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारको चक्रलाई धान्न सक्ने व्यक्तिले मात्रै सेयर बजारको लाभ लिन सक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको अर्थ समितिमा सेयर बजारको समस्या र समाधानको बिषयमा भएको छलफलमा अर्थमन्त्री खतिवडाले सेयर बजारमा उतार चढाव भै रहन्छ । चक्रलाई धान्न सक्ने व्यक्तिले नै लाभ लिन सक्ने बताएका छन् ।

छलफलमा बोल्दै मन्त्री खतिवडाले लगानीकर्तालाई होल्ड गर्न सक्ने क्षमता विकास गर्न समेत सुझाएका छन् । ‘उपयुक्त समयमा लगानी गर्नुहोस,’ उनले भने ।

त्यस्तै, छलफलमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकबाट कर्जा लिएर बजारमा लगानी नगर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार