Prabhu Life Ad Final

माछापुच्छे बैंक र य्ुकेएड सक्षम र हेफर इन्टरनेश्नल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धि सम्झौता

IME PAY
IME Life

माछापुच्छे बैंक र य्ुकेएड सक्षम र हेफर इन्टरनेश्नल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेश्नल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रमा बेल्दै शर्माले यस सहकार्यबाट देशचरका १४ वटा जिल्लाबाट महिला उधमी, कृषक तथा साना उधमी कृषक तथा साना उधमीहरुलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने बताएका छन् ।साथै बैंकले कुल ४३ हजार कृषक एवं महिला उधमीलाई ऋण प्रवाह गन ३ हजारको सङख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट बित्तिय साक्षरता प्रदान गर्ने र शाखारहित सेवा केन्द«को बिस्तार गर्ने तथा नेपालमै पहिले पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्ड ” को सेवा प्रदान गर्ने उधेश्य समेत राखेको बताएका छन् ।
बैंकको देशका विभिन्न क्षेत्रमा ८६ शाखा २ वटा एक्स्टेनसन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभरी १०५ वटा एटीएमहरु संचालनमा रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS