IME Life

प्रविधीको युगमा बीमा चेतनाको लागि घरदैलोमा नै पुग्नुपर्छ भन्ने छैन : संचित बज्रचार्य, प्रमुख कार्यकारी अधिकृत, प्रभु इन्स्योरेन्स

SPIL
NIC ASIA


१७ बर्षको उमेरमा नै थापाथली प्रस्तुती गृहबाट एकाउन्टेनको पेशाबाट जागिरे जिवन सुरु गरेका संचित बज्रचार्य हाल प्रभु इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । हालसम्म बीमा कम्पनीहरुकै कान्छो प्रमुख कार्यकारी अधिकृतको रुपमा बज्रचार्य रहेका छन् । १५ बर्षमै एसएलसी सके पश्चात् १७ बर्षदेखि जागिर सुरु गरेका बज्रचार्य सँग थुपै क्षेत्रमा काम गरेका अनुभवहरु रहेका छन् । उनले अस्थायी रुपमा थापाथलीमा ८ बर्ष गरेका थिए । एसएलसी पछी इन्जिनियर र पाईलट बन्छु भनेर सपना देखेका बज्रचार्यले साथीहरुको लहलहैमा लागेर म्यानेजमेन्ट तिर आफनो शैक्षिक गन्तव्य लगेका थिए ।
सरकारी, गैरसरकारी संस्था, विजनेस हाउस र व्यपारिक क्षेत्रमा आवद्ध रहेर थुपै क्षेत्रको अनुभव बटुलेका छन् । विभिन्न क्षेत्रको कार्यभार समालेका बज्रचार्य बीमा बजारमा प्रवेश गरेको पनि १० बर्ष भईसकेको छ । बज्रचार्य प्रभु इन्स्योरेन्समा प्रमुख कार्यकारीमा नियुक्त हुदाँ ३५ बर्षका थिए । बज्रचार्यले आगामी दिनहरुमा पनि बीमा क्षेत्रमा आफनो कार्य निरन्तर अघि बढाउन लक्ष्य लिएका छन् । यसै सन्दर्भमा कम्पनीको आगामी योजना र यसकोे गतिविधीमा आधारीत रहेर प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बज्रचार्य सँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार:

बीमाको सम्रग बजारलाई कुन रुपमा हेर्नु भएको छ र निर्जिवन बीमाको बजार कस्तो छ ?
बीमाको बजार सरसर्ती हेर्दा बढेपनि जुन रुपमा बढ्नुपर्ने हो त्यो रुपमा बढ्न सकेको छैन । हालको तथ्याङक अनुसार १२ प्रतिशत बीमाको बजार बढेपनि ८८ प्रतिशत खालि नै रहेको छ । ८८ प्रतिशतको बजारको क्षेत्रमा अझै पनि विस्तार गर्न बाटोहरु रहेको छ । हामीले त्यसलाई पनि विस्तार गर्न सक्नुपर्छ । निर्जिवन बीमाको क्षेत्रमा पनि यही नै लागु हुन्छ । बीमालाई त्यत्ति महत्व दिएको पाईदैन । यो अपरीहार्य हो । बीमा हामीलाई निकै जरुरी रहेको छ, जसले आर्थिक वृद्धि देखि लिएर सम्रग राष्ट्रलाई नै हित गर्छ । यस्तो चिजलाई नै मानिसहरुले बुझन सकिरहेको छैन । यो दुःखको कुरा हो । निर्जिवन बीमा भनेको दायित्व वहन गरिदिने संस्था हो । घर किन्दा ऋण लागेको छ भने बीमा गर्ने र मोटरमा बीमा अनिवार्य गरेको भएर बीमा गर्न परिपाटी हालको दिनमा भईरहेको छ । बीमा जबरजस्ती हैन । यो बुझेर गर्दा नै राम्रो हुन्छ ।

Prabhu
Crest

नेपालमा पहिले नै १७ वटा निर्जीवन बीमा कम्पनी छन् । यसै बिच सञ्चालनमा आएको यो कम्पनीले बजारमा आफुलाई स्थापित गराउँन कस्तो रणनीति अपनाएको छ ?
बीमा कम्पनी बढेसगै बीमाको बजार पनि बढीरहेको छ । हिजोका दिनमा बीमाको बजार सानो रहेको थियो । आज कम्पनीको विस्तार सगै यसको चेतना पनि बढ्दै गईरहेको छ । हाम्रो रणनिती स्पष्ट रहेको छ । हामीले पहिले कुरा प्रविधीलाई जोड दिईरहेका छौ । हामीले मोबाईल एप ल्याएका छौ । मोबाईल एप मार्फत नै बीमा गर्न सक्ने सुविधा ल्याईसकेका छौ । जनतालाई कसरी छिटो र छरीतो सुविधा दिन सकिन्छ । बीमीललाई कसरी सन्तुष्ट दिन सकिन्छ र प्रभु इन्स्योरेन्समा बीमा गरिसकेपछी बीमीतले सहज रुपमा सुविधा पाओस् भन्ने हाम्रो धारणा रहेको छ ।

जति कम्पनी खोलिए पनि सबै शहर केन्द्रित हुने गरेको आलोचना छ । तपाईहरु गाउँ जानको लागी कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
यो कुरामा मानिसहरुको गलत धारणा पनि रहेको छ । बीमा भनेको अभिकर्ता र सर्भेयरहरुले गर्ने हो । शाखामा नै आएर मानिसहरुले बीमा गराउने कुरा पनि हैन । बीमा त अर्भिकता र सर्भेयर मार्फत रहेको हुन्छ । हाम्रो शाखाहरु देशको विभिन्न ४६ वटा ठाउँहरुमा रहेको छ । यसका साथै हामीले मुस्ताङमा पनि शाखा खोलिसकेका छौ । यसको साथै हामीले शाखाहरु खोलेपनि सबै ठाँउमा सेवा प्रदान गर्ने हेतुले हामीले घरदैलो सेवा पनि दिईरहेका छौ । कम्पनी जहाँँ भएपनि हाम्रो अभिकर्ता र सर्भेयरहरु प्रत्येक व्यक्तिको घरदैलौमा नै पुगीरहेको छ ।

अन्य कम्पनीहरुमा भन्दा तपाईको कम्पनीले के फरक सेवा सुविधा दिईरहेको छ त सेवाग्राहीहरुलाई ?
हामीले ग्राहकहरुको सुविधाको लागि सरल र सहज रुपमा सुविधा दिने र प्रविधीको समयमा भएको कुरालाई पनि उपभोग गरि सेवा प्रदान गरीरहेका छौ । हाम्रो मोबाईल एप रहेको छ, जसमा आफूलाई चाहिने सेवा सुविधा छनौट गरेर सेवा लिन सक्नुहुन्छ । यसको साथै हामीले मुस्ताङमा पनि शाखा खेलेका छौ । यसका साथै मोटर बीमा गर्न ग्राहकहरुको सेवाको लागि हामीले सबै क्षेत्रको ग्यारेजहरुमा सम्झौता पनि गरिसकेका छौ ।

मुस्ताङको शाखामा बिशेष गरि कस्तो खालको बीमा बढी भएको पाउनुभयो ?
हरेक ठाँउका कुना काप्चा सम्म पुग्ने हाम्रो अभियान रहेको छ । यही आधारमा हामीले मुस्ताङमा पनि शाखा खोल्यौ । मुस्ताङको शाखाबाट बीमाको काम ठिकै भईरहेको छ । तर हामीले जुन रुपमा सोचेको त्यहाँ बीमा हुन्छ भनेर सोचेका थियौ, त्यो अनुसार चाँहि भएन । बिशेष गरि त्यहाँ कृषि बीमा, मोटर र केही घरहरुको पनि बीमा भएको छ । कृषिमा बिशेष गरि स्याउ खेतीको बीमा भईरहेको छ । त्यहाँको कृषकहरु बीमा प्रतीको धारणा राम्रौ पाएका छौ । केही मोटरहरुको बीमा पनि भएको छ र घरको बीमा कम नै छ भन्दा पनि हुन्छ ।

बीमा कम्पनीहरुले अझै पनि समयमा दाबी भुक्तानी गर्दैनन् भन्ने गुनासो छ । तथ्याकले पनि त्यहि देखाउँछ ? यसको कारण के होला ?
यो समस्या पुरानै हो । यदि बीमीतले दाबीको समयमा आवश्यक कागजात पेश गरेमा हामीलाई भुक्तानी गर्नुमा कुनै आपत्ती रहेको हुदैन । बीमा कम्पनीहरुको पनि आफनै छुटै किसिमको नियम रहेको हुन्छ । उक्त नियम भित्र रहेर नै बीमीतलाई भुक्तानी गर्नु पर्ने रहेको हुन्छ ।

आधा भन्दा बढी जनसङख्या कृषिमा आधारीत रहेको छ ? यसमा सबैलाई समेटिन नसक्नुको कारण के होला ?
सरकारले कृषि बीमाको लागि ७५ प्रतिशत अनुदान पनि गरेको छ । उहाँहरुलाई फाईदाको कुरा नै रहेको छ । बीमाको बारेमा नबुझेर नै यसमा समस्या भएको हो । यदि कृषकहरुले पनि बीमा बुझ्ने हो भने पक्कै पनि गर्दछ ।

हालै बीमा समितीले तालिम केन्द्र सञ्चालनमा ल्याएको छ साथै त्रिभुवन विश्वविद्यालयले एक्च्युरी साईन्सको पनि अध्यापन सुरु भएको छ । के यसले नेपाली बीमा कम्पनीमा देखिएको जनशक्ति अभावलाई परिपूर्ति गर्ला त ?
बीमा बजारमा दक्ष जनशक्ति अभाव रहेको छ । बीमा समितीबाट खडा भएको तालिम केन्द्र र त्रिभुवन विश्वविधालयबाट मान्यता प्राप्त एक्च्युरी साईन्सले भावी दिनमा यसको परीपूती गर्न सहज गर्दछ ।

तपाईको बिचार अब आउँने बीमा विद्येयक कस्तो हुनुपर्छ ?
बीमा विद्येयकमा नै छलफल भईरहेको छ । छलफल पछि आएको निचोडले पक्कै पनि राम्रो नै हुन्छ होला । मुख्य कुरा चाँहि बीमा गर्नेहरुको लागि सहज किसिमको वातावरण तय गरिदिनु पर्यो ।

नेपालमा बीमाको दायरा बढाउँन सरकारले के गर्नुपर्छ ?
हरेक क्षेत्रमा बीमाको जागरण फैलाउनु पर्यो । यसका साथै जनचेतना फैलाउनु पर्यो , बीमा शिक्षामा मात्र जोड दिनुपर्छ । यसमा संचार माध्यमको पनि ठूलो हात रहेको हुन्छ । एउटा सानो कार्यक्रम, गोष्ठी आयोजना गर्दा केही मानिसमा मात्र जानकारी रहन जान्छ भने संचार माध्यमले सबै क्षेत्रमा यसलाई पुर्याउन मद्दत गर्दछ ।

कम्पनीको तर्फ बाट बीमा चेतना बढाउँन तपाईहरुले के गर्ने योजना बनाउँनु भएको छ ?
हामीले विभिन्न ठाँउमा बीमा चेतना दिईरहेका छौ । बीमा गर्दा हुने फाईदाको बारेमा हामीले जानकारी दिईरहेका हुन्छौ । प्रविधिले फड्को मारीसकेको छ । यस्तो समयमा बीमा चेतनाको लागि हामी घरदैलोमा नै पुग्नु पर्छ भन्ने छैन । प्रविधीको प्रयोग गरेर हामीले चेतना प्रदान गर्न सकिन्छ । जस्तै ः हामीले ग्राहकको सेवा सुविधाको लागि छिटो छरीतो सेवा प्रदान गर्न , मोबाईल मार्फत नै बीमा योजना खरीद गरेर छनोट गर्न सक्ने जस्तो व्यवस्था लयाएका छौ । यसका साथै मोटर बीमाको लागि हामीले सबै जिल्लाहरुको ग्यारेजमा सम्झौता पनि गरेका छौ ।

कम्पनीको आगामी योजना के छ ?
हाम्रो कम्पनीको आगामी योजनामा बिशेष त हामी प्रविधीमा नै जाने रहेको छ । यसका साथै ग्राहकहरुलाई कसरी छिटो र छरीतो सुविधा प्रदान गर्न र सन्तुष्ट दिने भन्ने रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS