नेपाल इन्भेष्टमेण्ट बैंकले ४० प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेण्ट बैंकले ४० प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०१ औँ बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । नेपाल इन्भेष्टमेण्ट बैंकले हाल कायम रहेको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँमा बोनस तथा नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार