स्टाण्डर्ड चार्टड बैंकको साधारणसभा माघ ७ गते

स्टाण्डर्ड चाटर्ड बैंकको ३२ औँ साधारणसभा माघ ७ गते बस्ने भएको छ । बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको ३७७ औँ बैठकले माघ ७ गते ३२ औँ साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकको सञ्चालक समितिले यस अगाडि घोषणा गरेको १७.५ प्रतिशत नगद लाभांस साधारणसभा बाट पारित गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुष २९ देखि माघ ७ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार