IME Life

बीमाको वास्तविक बजार र समस्या बुझ्ने अभिकर्ता नै हुन्,तर सफल अभिकर्ता लाई निति निर्माण तह सम्मको पहुँचमा पुग्न दिईदैन्:संगिता भट्टराई

SPIL
NIC ASIA

पाल्पा तानसेन.न.पा– १०, भुसालडाँडा, घर भएकि संगिता भट्टराई नेशनललाईफ इन्स्योरेन्स कम्पनी पाल्पा शाखामा मुख्य ब्यवसाय प्रवन्धकका रुपमा कार्यरत छिन् । मास्टर्स डिग्रीको शैक्षिक उपाधी प्राप्त गरेकी उनी नेप्लिज वीमन क्लबमा अध्यक्ष पदमा समेत आवद्ध रहेकि छिन् । संगिताको परिवारमा २ भाईहरु ,एक दिदि र बुबाआमा छन् । ४ वर्ष देखि बीमा अभिकर्ता पेशा अगाँलेकि उनै संगिता भट्टराई सँग बीमा अभिकर्ता पेशामा प्रवेश गरे देखि हाल सम्म भएका उनका अनुभव, बीमा अभिकर्ताका चुनौतिहरु जस्ता विषयहरुमा आधारित भएर इन्स्योरेन्स खबरकर्मी बिजया बास्कोटाले गरेको कुराकानिको सार:

कहिले देखि बीमा अभिकर्ता पेशामा लाग्नु भएको हो ?
अभिकर्ता पेशा अंंगालेको त लगभग ४ बर्ष भयो । २ बर्ष म मास्टर्स डिग्रीको लागी काठमाण्डौं आएँ । त्यस पछी बीमा व्यवसायमै लागिरहेको छु ।

Prabhu
Crest

बीमा अभिकर्ता पेशा बाहेक अन्य के गर्नुहुन्छ ?
पत्रकारिता र महिला सशक्तिकरण संगै उत्प्रेरणात्मक सन्देशहरु बाँढ्न मन पर्छ ।

बीमा अभिकर्ता पेशा नै किन रोज्नु भएको हो ? अन्य पेशाबाट पनि आम्दानी गर्न सकिन्छ नि?
बीमा अभिकर्ता एउटा यस्तो पेशाहो जहाँ हामिले सेवा र आम्दानी दुवै गर्न सक्छौ । नेपालमा धेरैको आर्थिक व्यवस्थापन निकै फितलो देखिन्छ यसर्थ जिवन सुरक्षित गर्नु र वचत गर्न सिकाउनु पनि त एउटा धर्म नै हो नी ।

बीमा अभिकर्ता पेशामा लाग्न के कुराले प्रेरित गर्यो ?
म शिक्षण र पत्रकारीता पेशाामा कार्यरत थिएँ । जव मैले बीमाको बारेमा सँुने पहिलो त मलाई बीमा नभई नहुने चिज रैछ भन्ने लाग्यो । मलाई आफुलाई नै बीमा गरुँगरुँ लाग्यो । बचत र सुरक्षित भविष्यको परिकल्पनाले नै मलाई यस क्षेत्रमा लाग्न प्रेरीत गर्यो । ढुक्क भएर बाँच्न सिकायो ।

पहिलो बीमा कसको गराँउनु भयो ?
जब मलाई बीमा गाँस, वास, कपास जस्तै अत्यावश्यक लाग्न थाल्यो तब मैले आफुलाई नै बीमा गराएँ । त्यस पछी भने मेरा आफन्त र छरछिमेकीलाई यसको सन्देश छर्दै गएँ ।

पहिलो बीमा गराउँदा कत्तिको गाहे भयो ?
शुरु शुरुमा चाँहि म जति धेरै कन्भिन्स थिएँ ठिक उल्टो समाजमा बीमाप्रति वेवास्ता गर्ने स्थानमा थियो । मलाई केहि समय त यस्तो लाग्यो कि कतै मनै गलत त छैन । त्यसपछी मैले बीमाको वारेमा अझ वढी चासो राख्न थाँले । अन्तत बीमा झन अपरिहार्य कुरा हो भन्ने नै मनले ठहरायो ।

अहिले मासिक आम्दानी कत्ति गर्नुहुन्छ ?
आफ्नो र आफ्नो परिवारको पेटपाल्न पुगेको छ । सरकार लाई आफ्नो आम्दानी बाट ८ देखि १० लाख कर तिरेकै छु । जे होस् सन्तुष्ट छु ।

बीमा अभिकर्ता पेशामा लागेर कत्तिको सन्तुष्टि हुनुहुन्छ?
म त यति सन्तुष्ट छुकि नेपालमा बीमाव्यवसायको टर्निङ प्वाइन्ट अब आउँदैछ । नयाँ अन्य जीबन बीमाको आगमन संगै बजार झन रोमाञ्चक भएको छ । तर बीमा क्षेत्रको दायरा भने त्यति फराकिलो देखिदैन । बीमा कम्पनीहरु बजार केन्द्रित मात्रै देखिन्छन । एक व्यक्ति एक बीमाको अवधारणा साकार पार्न सके यसको दायरा अझै बढ्ने देखिन्छ ।

बीमा अभिकर्ता पेशाको नराम्रो पक्ष के हो ?
म त्यती नराम्रो पक्ष त देख्दिन तर तितो यथार्थ के हो भने बीमाभन्ने वित्तिकै नाक खुम्च्याउने समाज अझै धेरै ठाँउमा विद्ममान छ । सक्षम अभिकर्ताहरु बजारमा नहँुदा वा केहि व्यक्तिगत बदमासिको कारणले बीमाकम्पनी प्रति नकारात्मक धारणहरु पनि पाइन्छन् तर सर्वसाधरण लाई बीमाको महत्व संग संगै समयमै किस्ता तिर्ने कुराहरु, दावी भुक्तानी, ऋण तथा अन्य सुविधाहरु बुझाउन सके अफिस सम्म आफैं आएर बीमा गर्ने वातावरण सिर्जना हुन्छ ।

बीमा अभिकर्ता पेशाको चुनौतिहरु केके हुन् ?
झण्डै ८८ प्रतिशत मानिसहरुको बीमा नै छैन । नेपालमा जोखिम धेरै छ तर बीमा अत्यन्त कम छ । यो नै एउटा ठूलो चुनौती हो । बीमा क्षेत्रमा खुलेर वहस नगरीनु र सफल अभिकर्ताहरु लाई नितिनिर्माणको तह सम्म पहँुच नदिनु पनि एउटा चुनौती नै हो । वास्तविक समस्या र बजार त अभिकर्ताले बुझेको हुन्छनी तर अभिकर्ता संघहरुलाई त्यती वलियो हुन दिइएको छैन । यसको प्रभाव प्रत्यक्ष वजारमा परेको छ ।

बीमा मानिसले गराउँदा गरेको नराम्रो व्यवहार सम्झनु हुन्छ ?
सम्झन्छु । म पाल्पाकै नजिकैको गाउँमा बीमा सचेतनाका लागि गएको थिएँ । त्यहाँ आमा समुहको महिलाहरुले म बीमाको व्यक्ति भन्ने वित्तिकै मलाई बहिष्कार गर्नु भयो । मेरो कुरै सुन्न चाहनु भएन । ठग्न आएको भन्दै एक मुख लागेर तिरस्कार गर्नु भयो । म केहि नबोलि फर्केर आएँ । मलाई समस्याहरु संग जुध्न एकदमै मन पर्छ र म फेरी ब्यक्तिगत ढङ्गबाट समस्याको पहिचान गरी त्यस गाउँमा छिरें अहिले त्यो आमा समुहको आधाभन्दा वढी महिलाहरुले मेरो अफिसमा आएर बीमा गरिसक्नु भएको छ । त्यस क्षेत्रमा जीवन बीमा प्रतिको क्रेज झन–झन बढ्दो छ ।

बीमा गराउँदा भोगेको सबैभन्दा राम्रो पक्ष सम्झनु हुन्छ ?
एक बर्ष अगाडी मात्रै हो । तानसेन–१२, बौघा पोखरा थोकका शिव बहादुर वि.क का छोरा शरण वि.क को बीमा गराएको थिएँ । बुबा प्रस्तावकमा हुनुहुन्थ्यो । बार्षिक किस्ता रु १२ हजार थियो । बीमा गरेको केहीमहिना पछी र्दुभाग्यवस शरणका बुबाको मृत्यु भयो । आफ्नो क्लाइन्टस्को सो घट्नाले सारै नरमाइलो लाग्यो तर उहाँको दयनिय अवस्थालाई अलिकति मात्र मलम लगाउँन हामिले रु १ लाख ८० हजार को चेक हस्तान्तरण गर्यौ । अब उहाँले वांकी किस्ता पनि तिर्न पर्दैन र बीमा अवधि सकिए पछी बिमाङ्क रकम र बोनस एकमुष्ट पाउनु हुन्छ । उहाँ घाँस बोकेर आउदै गर्दा मैले गराएको बीमाले केही आर्थिक राहत दिन सकेकोमा म खुसी थिएँ । हुनत अन्य ठूला–ठूला रकमका भुक्तानी पनि गर्यौ तर हुनेले धेरै पाउनु र नहुनेले अलिकति पाउनुको खुसीमा आकाश जमिनको फरक हुँदो रहेछ ।

बीमा अभिकर्तामा कस्तो खालको गुण हुनुपर्छ ?
अभिकर्ताले ज्ञान पछी मान अनि मात्र धनको फर्मुला प्रयोग गर्नु पर्दछ । पहिले प्रोडक्ट र कम्पनीको बारेमा ज्ञान हुनु पर्यो अनि मात्र अरुलाई बुझाउन सक्ने कलाको विकास गराउनु पर्दछ । यो आर्थिक कारोवार हो त्यसैले समाजमा विश्वसनिय र स्वच्छ छबी बनाएको ब्यक्तिमात्रै अभिकर्ता हुन सुहाँउछ । मिठो बोली, हँसिलो अनुहार र जेन्टल पर्सनालिटि अभिकर्ताको लागि अस्त्र नै हुन । विश्वमा यो पेशा अत्यन्त सम्मानित पेशा हो । यसलाई सेवामुलक पेशाको रुपमा हेर्न सक्नुपर्छ अभिकर्ताहरुले ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS