स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल


स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा प्रमुखमा रमेशकुमार पोखरेल नियुक्त हुने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार गत सोमबार बसेको मन्त्री परिषद्को बैठकले पोखरेललाई कार्यकारी निर्देशकका लागी छनोट गरिएको हो ।

लोक सेवा आयोगले गत कार्तिक ६ र ७ गते लिएको अन्तर्वार्ताको आधारमा सरकारलाई तीन जनाको नाम सिफारिश गरेको थियो । आयोगले डा.दामोदर बसौला, श्रीमान् कार्की र रमेशकुमार पोखरेलकोे नाम सिफारिश गरेको थियो । आयोगले अन्र्तवार्ताको आधारमा डा.बसौललाई पहिलो नम्बरमा छनौट गरे पनि सरकारले उनलाई बाईपास गरी तेस्रो नम्बरमा परेका पोखरेललाई नियुक्त गरेको थियो । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार