सिभिल बैंक र आईएमई डिजिटल बीच सम्झौता

Citizen Life Insurance Co

सिभिल बैंक र आईएमई डिजिटल बीच ‟आईएमई पे ” मार्फत मोबाईल वित्तीय सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटलका तर्फ बाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै सिभिल बैंक आईएमईको बैंकिङ साझेदार संस्था हुनेछ ।साथै सिभिल बैङ्कका सेवाग्राहीहरुले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआरमार्फत् गरिने भुक्तानी सेवा पनि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार