नबिल बैंक र केडीईसीएच बीच सम्झौता

Citizen Life Insurance Co

नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धानमा विशेष छुट पाउने भएको छ । छुटसँगै सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता भएकोे छ ।

उक्त सम्झौता बमोजिम बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई एकस रे बाहेक सामान्य अस्पताल शुल्कमा २० प्रतिशत छुट गर्ने भएको छ । दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोटिक्स तथा क्राउन ब्रिजमा १० प्रतिशत छुट रहेको छ ।नबिल बैंक प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले र कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्झौता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार