नियमन शुल्क घटाउँन व्यवसायीको माग

Citizen Life Insurance Co

बीमा व्यवसायीहरुले बीमा समितिले लिदै आएको नियमन शुल्क घटाउँन माग गरेका छन् । व्यवसायीहरुले नियमन शुल्क शून्य दशमलव २५ प्रतिशत मात्रै कायम गर्न माग गरेका छन् ।


बिमा ऐन २०४९ अनुसार बिमा कम्पनीहरुले सेवा शुल्क बापत बिमा समितिले कुल व्यवसायको बार्षिक १ प्रतिशत बुझाउँदै आएका छन् । प्रस्तावित बीमा विद्येयकमा यस्तो नियमनशुल्क शून्य दशमलव ७५ प्रतिशत तोकिएको छ ।
बीमा व्यवसायको अकार प्रत्येक बर्ष औसत २५ प्रतिशतले बढ्दै गएकाले १ प्रतिशत अधिक हुने निर्जीवन बीमा व्यवसाय संघका अध्यक्ष राजेन्द्र मल्लले बताए । साथै प्रस्तावित बीमा विद्येयकमा राखिएको व्यवस्था पनि धेरै भएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार