IME Life

बीमा भावी अनिश्चित जोखिमको साथी

SPIL
NIC ASIA

रिना खत्री
बीमा प्रती आमजनामानसहरुको आ–आफनौ धारणा रहेको छ । बीमालाई बुझने धारणा फरक –फरक रहेपनि बीमा एक अनिश्चित जोखिमको साथी हो । बीमा गराउने बीमीतको सङख्या पनि दिनप्रति दिन बढ्दै छ । बीमा कम्पनीहरुको सङख्या बढ्दै गईरहेको छ । बीमा कम्पनीको सङख्या बढेसगै कम्पनीहरुले शाखा बिस्तार गर्न क्रम पनि बढ्दै गईरहेको छ । हिजोको दिनमा बीमाको बजार सहरमा मात्र केन्दि«त थियो । कम्पनीहरुको सङख्या बढेसँगै ग्रामीण क्षेत्रमा पनि शाखा विस्तार गर्न क्रम बढ्दै गईरहेको छ । समितिको तथ्यांक अनुसार अहिले बीमाको पहुँच १२ प्रतिशत पुगेको छ । बीमाको प्रचारको बीमा समिती वा बीमा कम्पनीहरुले पनि आ–आफनो तर्फबाट प्रयासहरु गरिरहेको छ ।

बीमा सबैको लागि जरुरी रहेको छ । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो । त्यही काम बीमाले गर्ने गर्दछ । भनिन्छ दुःख, जोखिम बाजा बजाएर सूचना दिएर आउदैन । त्यसैले अनिश्चित जोखिम भविष्यको लागि बीमा गर्नु निकै जरुरी छ ।

Prabhu
Crest

बीमाले कसरी गर्छ त भावी जोखीम
आजकल कुनैपनि स्थान, समय, व्यवसाय जोखिम मुक्त छैन । मानिसहरु जोखिमबीच बाँचिरहेका छन् । हरेक क्षेत्रमा भावी जीवनमा कुन समयमा कस्तो खालको जोखीम रहेको हुन्छ भन्ने कुरामा कसैले पनि यसको बिषयमा पूर्वअनुमान गर्न सक्दैन । विज्ञान प्रविधीको समयले पनि यसमा खासै केही परिवर्तन भर्ने गर्न सकेको देखिदैन । जस्तै ः हामीलाई थाहा छ, बिजुली सबैलाई आवश्यक छ, घरायसी तथा औद्योगिक उपयोगका लागि तर केही कारणबस यसले फाईदाको मात्र काम गछ्र्र भन्ने मात्र पनि हुदैन । हाम्रो सानो लापरवाहीले पनि यसले जोखिमको बाटो पनि निम्त्याउन सक्छ । जोखिम कहाँ हुँदैन ।

घरभित्र, बाहिर, चुलोमा, भान्सामा अनि कलकारखाना, शहर बजार गाउँ घर जताततै जोखिमको डर छ । हामीले नजानेर गरेको सानो गल्तीले पनि भोलिको दिनमा ठूलो क्षती हुन सक्छ । त्यसैले हामीले त्यसलाई ध्यानमा राख्नु पनि जरुरी रहेको हुन्छ । त्यही क्षतीको साथीको रुपमा बीमालाई लिएर अघि बढ्दा हामी सुरक्षित हुन सक्छौ ।

जब समस्या आउछ तब हामी त्यती बेला नै समस्याको कसरी सामाधान कसरी गर्न होला भन्ने बिषयमा सोचीरहेका हुन्छौ । उक्त समयमा धेरै समस्याहरु लिई रहने कारणले गर्दा कतीपय अवस्थामा यसले मानसिक समस्याहरु पनि उत्पन्न गराईरहेको घटनाहरु हामी समाजमा प्रत्यक्ष रुपमा यसलाई देखिरहेका छौ । हामीले बैंकमा बचत त गरिरहेका हुन्छौ । तर कहीलेकाही हाम्रो बचत भन्दा बढी मात्रामा नै जोखिम घटनाहरु घटीरहेको जसको हामी कल्पना पनि गर्न सकिरहेको हुदैनौ ।

त्यसैको लागि पनि बीमा गर्नु जरुरी रहेको छ । जस्तै – आज हामी शारिरीक वा मानसिक रुपमा सवस्थ छौ । तर अचानक भोलिको दिनमा हामीलाई ठूलो रोग लागेको अवस्थामा हामीलाई साथ दिनको लागि बीमाको अत्याधिक मात्रामा जरुरी रहेको हुन्छ । हामी नेपालीहरु बिशेष गरि सानो बिरामी पर्दा त आफै उपचार गराईरहेका हुन्छौ । घातक एवं अन्य महँगो खर्च लाग्ने रोग रहेछ वा स्वदेशमै उपचार सम्भव नरहने रोग रहेछ भने बैंकमा राखेको रकम समेत अपुग भएमा उक्त समयमा ऋण खोज्ने वा घरबारी बेच्ने सम्मको स्थितमिा पुगीरहेका हुन्छौ । यो समस्याबाट बच्न पनि बीमाको अत्याधीक मात्रामा जरुरी रहेको छ ।

भावी घटनामा केही पनि निश्चित रहेको हुदैन । भोलि घटना घट्छ त्यसपछी बीमा गर्छु भनेर त्यसको कुनै औचित्य रह्दैन । जोखिम हस्तान्तरण गरिएका पक्षहरूमा घट्न सक्ने घटना अनिश्चित हुनुपर्छ । घटना घटिहालेमा पनि क्षति कति परिमाणको हुन्छ सो पनि अनिश्चित हुनुपर्छ । जीवन बीमा गर्नेको कुनै एक दिन मृत्यु हुने निश्चित अवस्था देखिए पनि कुन दिन मृत्यु हुन्छ त्यो अनिश्चित छ । जोखिम अनिश्चित हुनुपर्छ भनिँदा बीमाको विषयवस्तु अर्थात् आफ्नो सम्पत्ति आफैंले जानीजानी आगो लगाउनु बिगार्न र क्षतिपूर्ति माग गर्नु सामाजिक मान्यता विपरीत हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS