IME Life

संगठित हुदै बिमाकर्मीहरु: गठन गरे ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी-नवलपुर च्याप्टर’

SPIL
NIC ASIA

नेपालको कान्छो जिल्ला नवलपुरका बिमाकर्मीहरुले’नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) नवलपुर’ च्याप्टर गठन गरेका छन् । पेशागत एकताको लक्ष्य लिएर संस्था गठन गरेको जनाईएको छ।

गत हप्ता नवलपुरको कावासोतीमा आयोजित बिमकर्मीहरुको भेलाले ९ सदस्यीय कार्यसमिति चयन गरेको छ, संस्थाको अध्यक्षमा दिपेन्द्र पौडेल चयन हुनु भएको छ । ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) नवलपुर च्याप्टरको उपाध्यक्ष-पुर्णिमा शर्मा, सचिव-यम प्रसाद काफ्ले, कोषाध्यक्ष-जगत ढकाल, सदस्यहरुमा क्रमश बिक्रम ढकाल, श्याम अधिकारी, जित बहादुर कुमाल, केशर बहादुर खत्री चयन हुनु भएको छ ।
निप्स-नवलपुर गठन सभाका प्रमुख अथिति रहनु भएका ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) चितवनका अध्यक्ष भारत मल्लले भेलालाई सम्बोधन गर्दै निप्स-नवलपुर बिमाकर्मीहरुको हकहितका साथै बीमा क्षेत्रमा अनुसाशन कायम गर्न सक्रिय हुनुपर्ने बताउनु भयो । मल्लले बिमा क्षेत्र प्रबिधि मैत्री बन्दै गएको तथा बीमा क्षेत्र ठुलो सम्भावनाको क्षेत्र रहेको बताउनु भयो । बिमाकर्मीहरुको एकताले नवलपुरको बीमा क्षेत्रमा नयाँ आयाम थप्ने बिश्वाश मल्लले गर्नु भयो ।

Prabhu
Crest

निप्स-नवलपुर, ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवनकै उप-शाखाको रुपमा गठन गरिएको जानकारी ‘नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवनका कार्यसमितिका महासचिब शंकर अधिकारीले दिनुभयो । भेलामा जिबन तथा निर्जिबन बीमामा कार्यरत बिमाकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS