Prabhu Life Ad Final

संस्थागत लगानीकर्ता बजारमा छिर्दा ११३० मा थामियो नेप्से

IME PAY
IME Life

अघिल्लो साता देखि घट्दै आएको नेप्सेले आज आइतबार थप निरन्तरता पाएको छ । साताको पहिलो दिन आज नेप्से १७.४७ अंकले घटेर ११३०.८९ मा बन्द भएको छ । बजार घटेर ३ वर्ष यताको न्यूनतम बिन्दुमा बन्द भएता पनि कारोबार रकममा आएको वृद्दिले केही उत्साहित बनाएको छ ।

आज दिनभर १५६ वटा कम्पनीहरूको १४ लाख ४२ हजार १३८ कित्ता शेयरको ४५ करोड ४६ लाख रकम बराबरको कारोबार भएको छ । जुन गएका केही साता यताको औषत कारोबार रकम भन्दा धेरै हो ।

नेप्से परिसूचक ३ वर्षयताकै न्यूनतम विन्दुमा आएसँगै बजारमा संस्थागत लगानीकर्ताहरूको प्रवेश हुँदै आएको देखिएको छ । गएको केही दिनयता नेपाल बैंकको एफपिओबाट जारी शेयर सूचीकरणसँगै संस्थागत लगानीकर्ताहरू बजारमा नेपाल बैंकको शेयर किन्न प्रवेश गर्न सुरू गरेका थिए । यसैको निरन्तरता स्वरूप थप संस्थागत लगानीकर्ताहरू बजारमा प्रवेश गरेको देखिन्छ ।
आइतबारको कारोबारमा एनआइसि एशिया बैंक, सिद्धार्थ क्यापिटल अन्तरगतका म्यूचअल फण्डहरू, कामना सेवा विकास बैंक, एनएमबी क्यापिटल, सानिमा क्यापिटल, हाथवे इन्भेष्टमेन्ट लगायतका संस्थाहरूले विभिन्न कम्पनीहरूको शेयर खरिद गरेको कारोबारसँग सम्बद्ध दलाल व्यावसायीहरूले बताएका छन् ।
३ वर्ष यता कै न्यूनतम विन्दुमा बजार आएको मौका छोपी संस्थागत लगानीकर्ताहरूले खरिदमा चाप बढाउन थालेकाले कारोबार रकम अन्य दिनहरूको तुलनामा बढेको देखिन्छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS