अजोड इन्स्योरेन्स र वयोधा हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स र वयोधा हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक रभी चौधरीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात् अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा बयोधा हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित
उपचार सेवा उपयोग गर्न पाउने छन् ।

अजोड इन्स्योरेन्सले स्वास्थबीमामा जोड दिएको भविष्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थबीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त  सम्झौता गरेकोजनाएको छ । यस अघि  ब्लुक्रस हस्पिटल, मेडिसिटि अस्पताल लगायतसंग उक्त सम्झौताभइसकेको र बाकि अस्पतालमा पनि छिटै सम्झौता गर्ने अजोड इन्स्योरेन्सले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार