सनराइज बैंकको ११ प्रतिशत लाभांश प्रस्ताव

Citizen Life Insurance Co

सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ३०३ औँ बैठकले यस्तो निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने बैंकले बताएको छ । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार