सानिमा बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन

सानिमा बैंकको बुक क्लोज मंसिर १४ गते हुने भएको छ । कम्पनीको १४ प्रतिशत नगद लाभांश मंसिर १३ गतेसम्म कायम रहेको शेयरधनीहरुले मात्र पाउने भएको छ ।


कम्पनीले १ अर्ब १२ करोड १ लाख ७५ हजार ७६२ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा–नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
सानिमाले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्न सक्ने प्रस्ताव पनि लैजानेछ । बैंकको काम र क्षेत्र थप विस्तार गर्न सेयर ब्रोकरेज सेवा प्रदान गर्नका लागि साधारण सभाबाट अनुमोदन पनि गर्नेछ । यसैगरी, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने पनि सभाको एजेन्डा छ ।
हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार