नेप्से २ अंकले घटेर ११५९ को विन्दुमा, कारोवार रकम ४० करोड ४८ लाख

नेप्से परिसूचक साताको चौथौ दिन २ दशमलव १० अङ्कले घटेर ११५९ दशमलव ३८ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४०करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव २९ प्रतिशतको वुद्धि भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १५ करोड ६६ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै सिटिजन म्युटल फन्ड–१ को सेयरमा ३ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै समता माइक्रोफाइनान्सको शेयर ५ दशमलव ४१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ४८ प्रतिशतले घटेकोे छ भने ५ हजार २ सय ४६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०४ प्रतिशतले घटेर ५ हजार २ सय को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ४ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका १ करोड ९८ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार