IME Life

सामाजिक सुरक्षा कार्यक्रम आजदेखि सुरु यस्तो छ सुविधा

SPIL
NIC ASIA

रिना खत्री : सामाजिक सुरक्षा कोषले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात भएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।


कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलील सबै नागरिकलाई समेट्ने गरि आजबाट सामाजिक सुरक्षा सुरु भएको छ । यो एउटा सुरक्षित भविष्यको सुनिश्चितता गराउने एक कदम हो । यसका साथै सुरक्षित भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले सामाजिक सुरक्षा सम्बन्धि यस कार्यक्रम घोषणा गरी लागु गरेको यो दिन ऐतिहासिक भएको बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालीहरु विश्व बजारका म्यानेजर हुनसक्ने भन्दै उक्त कार्यक्रमको सफलताको लागि परिसंघको तर्फबाट सो कार्यक्रम लागु गराउन सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामाजिक सुरक्षा कोष आगामी दश वर्षमा देशकै सबैभन्दा ठूलो कोष हुने बताएका छन् ।

हरेक कामदार तथा कर्मचारीले आफ्नो तलवबाट ११ प्रतिशत कटाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने र रोजगारदाताले त्यसैगरी २० प्रतिशत रकम जम्मा गरेपछि सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाईने छ । यसका लागि रोजगारदाता तथा कामदार कर्मचारी अनलाईनबाट दर्ता हुनुपर्ने तोकिएको छ ।

यसरी हरेक महिना रकम जम्मा गर्न योगदान गर्नेले चार खालका सुबिधाहरु पाउने छन्  ।

१) पहिलो औपधी उपचार, सवास्थ तथा मातृत्व सुरक्षाको सुविधा रहेको छ जसमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सेवा अन्तर्गत अस्पताल भर्ना भई उपचार गराउँदा बार्षिक एक लाख रुपैयाँ बराबरको उपचार खर्च र अस्पताल भर्ना नभई उपचार गराउँदा २५ हजार रुपैयाँसम्मको खर्च पाउने ब्यवस्था गरिएको छ । त्यसमा २० प्रतिशत रकम योगदानकर्ताले नै ब्यहोर्न पर्ने भनिएको छ । मातृत्व सुरक्षा योजनामा परीक्षण, अस्पताल भर्ना, अपरेशन, र तीन महिनासम्म शिशुको स्याहार खर्च र प्रशुति स्याहारका लागि एक महिनाको न्युनतम पारिश्रमिक उपलब्ध गराईने ब्यवस्था गरिएको छ ।

२)दोस्रो सुविधामा दुर्घटना तथा असक्तता सुरक्षा सुविधा रहेको छ जसमा रोजगार र ब्यवसयाजन्य दुर्घटनामा लाग्ने सबै खर्च योगदानकर्ताले पाउने उल्लेख गरिएको छ । ब्यवसायजन्य रोगको उपचारको सुविधा पाउन दुई बर्षसम्म योगदान गरेको हुनुपर्ने शर्त तोकिएको छ भने सात लाखसम्मको उपचार खर्च पाउने भनिएको छ ।

३)तेस्रो सुविधामा आश्रीत परिवारलाई सुरक्षाको सुविधा रहेको छ जसमा मृत्यु भएमा निजको श्रीमान वा श्रीमतिलाई आजीवना न्युनतम पारिश्रमिकको ६० प्रतिशत मासिक रकम र १८ बर्षसम्म उमेर नपुगेका सन्ततिलाई ४० प्रतिशत रकमसम्मको शैक्षिक बृत्ति उपलब्थ गराईने भनिएको छ । योगदानकर्ताको श्रीमति र छोराछोरी नभएको अबस्थामा आमा बाबुले आजीवन ६० प्रतिशत रकम मासिक रुपमा प्राप्त गर्ने भनिएको छ ।

४)चौथो नम्बरमा वुद्धावस्थामा सुरक्षाको सुविधा रहेको छ जसमा अवकास पछी पेन्सन वा निबृत्तिभरण मध्ये एउटा रोज्न भनिएको छ । हालसम्म रोजगारीमा रहेकाले संचय कोष र उपदान पाउनेले अवकाशपछि एकमुष्ठ रकम पाउने ब्यवस्था छ भने २०७६ साउन १ गतेपछि रोजगारीमा प्रबेश गर्नेले अनिबार्य रुपमा पेन्सन पाउने ब्यवस्था भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS