आज देखि खुल्यो महुली सामुदायीक लघुवित्तको हकप्रद

महुली सामुदायिक लघुवित्तले आज देखि ५० प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । महुलीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद शेयरमा आवेदन खुला गरेको हो ।

लघुवित्तले हकप्रद निष्काशन गर्न कार्तिक २८ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न सक्नेछन् ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ । हकप्रद भर्ने अन्तिम दिन पुस १६ गते रहेको छ ।
हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार