IME Life

के तपाईको नबिल बैंकमा खाता छ ? छ भने बैंकले तपाईको बीमा आज देखि नै गरिदिएको छ ।

SPIL
NIC ASIA


नबिल बैंकले आफना ग्राहकहरुको लागी ३ लाख ७५ हजार रुपैयाँ बराबरको बीमा गरिदिएको छ । बैंकले ३ लाख रुपैयाँ बराबरको घातक रोग बीमा र ७५ हजार रुपैयाँ बराबरको मृत्यू लाभ बीमा गरिदिएको छ । बैंकले मेटलाईफ इन्स्योरेन्स कम्पनीमा आफना सेवाग्राहीहरुको बीमा गरिदिएको छ । उक्त बीमा योजनाको नाम ‘नबिल  केयर’ रहेको छ ।

उक्त बीमा योजना अनुसार १३ घातक रोगहरु लागेमा सेवाग्राहीले दाबी भुक्तानी पाउँनेछन् । घातक रोगमध्ये क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपटाइटिस, एप्लास्टिक एनिमिया, गम्भिर कोरोनरी धमनी रोग, प्राथमिक पल्मनरी उच्च रक्तचाप, प्रमुख अंग /बोनम्यारो प्रत्यारोपणको बीमाले सुरक्षा प्रदान गर्छ । तर, यसका लागी बैंकमा न्यूनत्तम २५ हजार रुपैयाँ हुनुपर्नेछ । आज देखि नै  बीमा सुरक्षा सुरु हुनेछ । उक्त सुविधा १६ बर्षदेखि ६४ बर्षसम्मका सेवाग्राहीले पाउँनेछन् ।

Prabhu
Crest

बीमा योजन सुरु भएपछि सेवाग्राही यस्ता रोग लागेमा उपचार गरेपछि अस्पतालको बिल कम्पनीमा बुझाएपछि भुक्तानी पाउँनेछन् । साथै बचतकर्ताको अन्य कुनै कारणले मृत्यू भएमा ७५ हजार रुपैयाँ भुक्तानी गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS