IME Life

महालक्ष्मीलाई फेरी अर्को झट्का, किन रोकियो फेरी महालक्ष्मीको लाईसेन्स प्रक्रिया (पत्र सहित)

SPIL
NIC ASIA


महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको लाईसेन्स प्रक्रिया पुन ः रोकिएको छ । सर्वोच्च अदालतको फैसला विपरित अर्थमन्त्रालयले कम्पनीको लाईसेन्सको प्रक्रिया रोकेको हो ।

गत असार १४ गते सर्वोच्च अदालतले बीमा समितिको नाममा परमादेश जारी गर्दै कम्पनीको लाईसेन्स प्रक्रिया अगाडी बढाउँन निर्देशन दिएको थियो । सोही बमोजिम अर्थमन्त्रालयले गत भदौ २८ गत समितिलाई पत्राचार गरी अदालतको फैसला कार्यन्वयन गर्न निर्देशन दिएको थियो।

Prabhu
Crest

तर, मन्त्रालयले पुन ः अर्को पत्र पठाउँदै कम्पनीको लाईसेन्स प्रक्रिया रोक्न पुनरावलोकनको प्रक्रिया अगाडी बढाउँन निर्देशन दिएको छ । मन्त्रालयले नयाँ बीमा ऐन संसदमा बिचराधिन अवस्थामा रहेकोले नयाँ कम्पनी दर्ता प्रक्रिया अगाडी बढाउँन उचित नरहेको बताउँदै महालक्ष्मीको प्रक्रिया रोक्न पुनरावलोकनमा जानु पर्ने निर्देशन दिएको छ ।

पुनरावलोकनको तयारीमा समिति
मन्त्रालयको निर्देशन अनुसार समिति पुनरावलोकनमा जाने भएको छ । तर, कुन आधारमा जाने भने तय नभएको स्रोतले बताएको छ । समितिको सञ्चालक समितिले निर्णय अनुसार प्रक्रिया अगाडी बढाउँने समितिले तयारी गरेको छ ।

किन रोकियो लाईसेन्स प्रक्रिया
मन्त्रालयले लाईसेन्स प्रक्रिया रोकेपछि कम्पनी अलमलमा परेको छ । समयमा पूँजी कायम गर्न नसकेपछि रोकिएको कम्पनीको लाईसेन्स प्रक्रियालाई अदालतले ग्रिन सिग्नल दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS