ग्लोबल आइएमई बैंक र बयोधा अस्पताबीच सुविधाहरुमा छुट दिने सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बयोधा अस्पतालबीच बिहिबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पश्चात् बैंकले अस्पतालसगँ आफना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख बशरविन्द्र ढकालले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पश्चात बयोधा अस्पताल, बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज, कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशत सम्म छुट पाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार