कामना सेवा बैंकको निमित्त कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त

कामना सेवा विकास बैंकको निमित्त कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले भदौ ८ गते दिएको राजीनामा लाई बुधबार बसेको सञ्चालक समितिले मंसिर ८ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ ।

काफ्लेको राजीनामा स्वीकृति भए सँगै बस्नेतलाई मंसिर ८ गतेदेखि कार्यान्वयन हुने गरी निमित्त कार्यकारी प्रमुखमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

कम्पनीले नायव महाप्रवन्धक हरि प्रसाद लम्साल लाई सचिवमा पदमा नियुक्त गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार