IME Life

राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क १२ प्रतिशतले घट्यो

SPIL
NIC ASIA

राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन १२ प्रतिशतले घटेको छ । गत आवको त्रैमाससम्ममा कम्पनीले ३६ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ३१ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा १८ हजार ७ सय २६ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा ३ हजार ९ सय ९९ बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमाससम्ममा कम्पनीले २ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले ६५ वटा दाबीको भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीको जगेडा कोष ६ प्रतिशतले बढेर २० करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १९ करोड ६१ लाख रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी ७६ दशमलव २८ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ ८८६ दशमलव ११ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य १ हजार ४०२ दशमलव ८२ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS