IME Life

युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क १५ प्रतिशतले घट्यो

SPIL
NIC ASIA

युनाइटेड इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन १५ प्रतिशतले घटेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले १५ करोड ३० लाख बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले १२ करोड ८७ लाख रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार गत आवको अन्त्य सम्ममा कम्पनीमा १६ हजार ३ सय ४६ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा १३ हजार ९ सय २५ बीमालेख कायम रहेको छ ।

Prabhu
Crest

त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले ७ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी हो । कम्पनीले ५ सय १६ दाबीको भुक्तानि गरेको छ । भने १६ सय वटा दाबीको भुक्तानि गरेको छैन् ।

कम्पनीको जगेडा कोष ४९ प्रतिशतले घटेर ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा ६ करोड ९४ रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी ३ दशमलव ७० रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ २१३ दशमलव ०५ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ३९४ दशमलव ५६ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS