सानिमा बैंकको साधारणसभा मंसिर २७ मा , मंसिर १४ मा बुक क्लोज

सानिमा बैंक लिमिटेडको बुक क्लोज मंसिर १४ गते हुने भएको छ । कम्पनीले मंगलबार बसेको संचालक समितिको बैठकबाट १४ औ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा कम्पनीले १४ प्रतिशत अर्थात १ अर्ब १२ करोड १ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । जसको लागि बुक क्लोज मंसिर १४ गते एक दिन मात्र हुने भएको छ ।
कम्पनीको साधारण सभा मंसिर २७ गते हने भएको छ । कम्पनीले मंसिर १३ गते सम्म कायम शेयर धनीहरुले मात्र लाभांश पाउने छन् । हाल यसको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार