SKIP THIS

Slicl

एनसीसी बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका विभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफको इन्स्योरेन्स पोलिसी बिक्री गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार