जनरल इन्स्योरेन्स र कैलाश बैंक बीच बैंकास्योरेन्स सम्झौता

Citizen Life Insurance Co


जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र कैलाश बिकास बैंक बिच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रम बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका हुन् ।

सहमति संगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सात वटै प्रदेशमा रहेका ७३ वटा शाखा कार्यालयबाट लिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार