IME Life

आइएमई इन्स्योरेन्सको बीमाशुल्क ४६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन ४६ प्रतिशतले बढेको छ । गत आवको त्रैमाससम्ममा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ३१ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा १५ हजार ६ सय ९२ बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा २० हजार ३ सय ८७ बीमालेख कायम रहेको छ । त्यस्तै, यस आवको त्रैमास सम्ममा कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीले ५ सय ६० वटा दाबीको भुक्तानी गरेको छ । भने १४ सय ८६ वटा दाबीको भुक्तानी गरेको छैन् । कम्पनीको जगेडा कोष १२ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा ११ करोड ४९ लाख रुपैयाँ थियो । कम्पनीको प्रति शेयर आम्दानी १९ दशमलव ३६ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १५९ दशमलव ३३ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य २९१ दशमलव १५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS