IME Life

गुँरास लाईफको बीमाशूल्क ३३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

गुँरास लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासमा बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढाएको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीले ६ अर्ब २४ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

त्यस्तै, चालु आवको अन्त्यसम्ममा कम्पनीले ५७ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७९ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ३२ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले हालसम्म ५ हजार १०९ दाबी बापत उक्त रकम भुक्तानी गरको भने गत आवको सोही अवधीमा कम्पनीले ४ हजार ६४ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

गत आवको प्रथम त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ३२ लाख ९१ हजार रहेको छ ।
कम्पनीको जगेडा कोष ३१ प्रतिशतले बढेर २८ करोड ७२ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष २१ करोड ८० लाख ८९ हजार रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने ३८ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १६ दशमलव ४२ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १५४ दशमलव २३ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य ९ सय ८६ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS