IME Life

लुम्बिनी इन्स्योरेन्सको बीमाशुल्क ११ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन ११ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ३० करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ३४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ३२ हजार १ सय ३० बीमालेख कायम रहेको थियो । यो आवको सोही अवधिमा कम्पनीमा १२ हजार ६ सय ८९ बीमालेख कायम रहेको छ ।

Prabhu
Crest

त्यस्तै, यस आवको त्रैमाससम्ममा कम्पनीले १७ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । कम्पनीले १ हजार ६४ वटा दाबीको भुक्तानी गरेको छ । भने २२ सय ७६ वटा दाबीको भुक्तानि गरेको छैन् ।
कम्पनीको जगेडा कोष ३६ प्रतिशतले बढेर १७ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा १२ करोड ५३ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रति शेयर आम्दानी १९ दशमलव शून्य २ रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १७७ दशमलव २३ रुपैयाँ छ । भने प्रति शेयर कूल सम्पतीको मूल्य २ सय ८८ दशमलव शून्य २ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS