IME Life

नेको इन्स्योरेन्सको बीमाशुल्क २७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन २७ प्रतिशतले बढेको छ । गत आवको त्रैमास सम्ममा कम्पनीले ४१ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको थियो । यस आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले ५२ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले प्रकाशन गरेको गत आवको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीमा ६१ हजार २ सय २८ बीमालेख कायम रहेको थियो । चालु आवको सोही अवधिमा कम्पनीमा ६८ हजार ४ सय २३ बीमालेख कायम रहेको छ ।
त्यस्तै, यस आवको त्रैमाससम्ममा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीले १ हजार १ वटा दाबीको भुक्तानी गरेको छ । भने १३ सय ३७ वटा दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीको जगेडा कोष ४५ प्रतिशतले बढेर ३६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा २४ करोड ९६ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रति शेयर आम्दानी १९ दशमलव ३० रुपैयाँ रहेको छ । यस्तै प्रति शेयर नेटवर्थ १२३ दशमलव ४२ रुपैयाँ छ भने प्रति शेयर कूल सम्पतीको मूल्य २९८ दशमलव शून्य ५ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS