IME Life

यसरी हुन्छ बीमामा मिस सेलिगं, अभिकर्ता नै गायब भएपछि बीमीत र कम्पनी दुवै घाटामा

SPIL
NIC ASIA

उदयपुर कटारी नगरपालिका १४ घर भएकी विमला पोखरेल एक गृहणी हुन् । विमलाले आज भन्दा लगभग १० वर्ष अघि १ लाख बिमाङ्कको बीमा गरेकी थिईन् । उनले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा १० वर्षे अवधिको बीमा पोलिसी खरिद गरेकी थिईन् । पहिलो बीमाशुल्क वापत ४ हजार ४०० रुपैयाँ बुझाएकी थिईन् ।

Prabhu
Crest

उनले बीमा बापत पहिलो बीमाशुल्क मात्र बुझाईन् । त्यसपछि उनले बीमा योजनालाई निरन्तरता दिईनन् । किनभने दोस्रो बीमाशुल्क कहाँ, कसरी बुझाउँने नै थाहा छैन । ‘बीमा गराउँने अभिकर्ता सम्पर्क विहिन छन् । अब कहाँ जाने कसरी गएर बीमाशुल्क तिर्ने नै भन्ने थाहा थिएन,’ उनले भनीन् ।

बीमा के हो ? यसले के गर्छ केही थाहा नपाएकी विमलाले एक जना अभिकर्ताले भनेको भरमा बीमा गर्ने निधो गरेकी थिईन । र गरिन पनि । पोेख्ररेलले १० वर्षे अवधिको बीमा गरेता पनि उनले आफुले गरेको बीमा अगाडी बढाउन भने पाईनन् । बीमा के हो ? यसको महत्व के हो ? भन्ने त थाहा नै थिएन कसरी र कहाँ बीमाशुल्क बुझाउनेसम्म पनि जानकारी थिएन । र निरन्तरता दिन सकिन । उनले बताईन् ।

उदयपुर कटारी नगरपालिका १४ नै घर भएका मुक्तीनाथ धमलाले पनि १० वर्ष अगाडि नै बीमा गरेको बताउँछन् । उनले पनि १ लाख बीमाङ्कको बीमा गरेका थिए । पहिलो र दोस्रो बीमाशुल्क वापत उनले ९ हजार रुपैयाँ रकम बुझाए । ‘कुन बीमा पोलिसि हो त्यो चाँहि थाहा छैन् तर अवधि भने १५ वर्षे हो,’ उनले भने । तर, उनको बीमा योजना पनि निश्क्रिय छ । बीमा अभिकर्ता सम्पर्कमा नभएपछि कहाँ जाने, कसो गर्ने भन्ने नै मेसो नभएको उनले बताए ।

स्थायी घर उदयपुर कटारी नगरपालिका १४ भएका गोपाल थापाको पनि यस्तै कथा रहेको छ । १० हजार रुपैया बीमाशुल्क तिरेका थापालाई आफुले गरेको बीमा पोलिसिको बारेमा पनि जानकार नभएको बताउछन् । थापाले पनि १० वर्ष अगाडि नै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा बीमा गरेका थिए ।

यी तीन त केवल उदाहरणका पात्रहरु मात्रै हुन् । विमला, मुक्तिनाथ र गोपाल जस्ता सोही स्थानका १५÷ १६ जना विमितहरुको यस्तै कथा छ । जसले सानो सानोे बचाएर राखेको रकम कसैको विश्वासको भरमा बीमा गरेका थिए । यी विमितहरुले कम्पनीले तोकेको समयमा बीमा शुल्क नबुझाँउदा बीमालेख निष्क्रिय भएर गएको हो । बीमा गरे पछिका विभिन्न चरणहरु थाहा नपाउँदा उनीहरुको यस्तो अवस्था रहन पुग्यो । भविष्यमा पर्न सक्ने जोखिमलाई बहन गर्छ भनेर बीमा गरेका यी पात्रहरुले नियमित रुपमा बीमाशुल्क नबुझाँउदा बीमालेख निष्क्रिय भयो ।

यसरी हुन्छ मिस सेलिगं
उदयपुर कटारी नगरपालिका १४ को यो घटना नमुना घटना मात्रै हो । नेपालमा अधिकांश अभिकर्ता पार्ट टाईमका रुपमा काम गर्छन् । उनीहरु आफैले बीमा बारेमा बुझेका हुँदैनन् । त्यसैले कमिशनको लागी उनीहरुले तत्काल बीमा गराउँने र पछिका दिनमा सम्पर्क नै नरहने गरेको बिमितहरु बताउँछन् । यस्तो खालको बीमा योजना न त कम्पनीलाई फाईदा हुन्छ । न त बीमितलाई नै । किनभने बीमा गर्दा प्राप्त हुने पहिलो र दोस्रो बीमाशुल्क कम्पनीको सञ्चालन र अभिकर्ताको कमिशनमा सकिन्छ । त्यसैगरी बीमा योजना निरन्तरता नगरेपछि योजना निश्क्रिय हुन्छ । र बीमितिले भुक्तानी गरेको यस अघिका बीमाशुल्क खेर जान्छ । त्यसैले अभिकर्ता बढी जिम्मेवार हुनुपर्ने विज्ञहरु बताउँछन् ।

सम्पर्कमा छैनन् अभिकर्ता
यी पात्रहरुको बीमा गराउने अभिकर्ता सिन्धुली दुधौलि घर भएका प्रकाश खड्का हुन् । उनी तत्कालीन समयमा सुनकोशी मेडिकलमा पनि काम गर्थे । र साथमा उनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता पनि थिए । उनले एकै गाउँका दर्जनौँ बीमीतहरुको एकै साथ बीमा गराएका थिए । बीमितहरुको बीमा गराए पछि एक बीमा अभिकर्ताको कर्तव्य बीमितको बीमा अवधि भरि हुन्छ । तर यी अभिकर्ता भने बीचमा नै सम्पर्क बिहिन भएको स्वयम बीमितहरु बताउँछन् । उनी सम्पर्क बिहिन भए पछि बीमितहरु अलपत्र परेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS