IME Life

प्रतिस्पर्धाको बजारबाट के पाठ सिक्यो सूर्या लाइफ इन्स्योरेन्सले ?

SPIL
NIC ASIA

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६ करोड २३ लाख रुपैयाँले बढी हो । बजारमा बढेको प्रतिस्पर्धाबाट पाठ सिकेर कम्पनी अगाडी बढ्न खोजेको देखिन्छ। कम्पनीको जिबन बीमा कोषको आकार मजबुद बन्दै गएको छ, कम्पनीले जिबन बीमा कोषमा करिब ३ अर्ब ९० करोडको हाराहारीमा जम्मा गरिसकेको छ।

कम्पनीले ७० प्रतिशत हकप्रद निष्कासनको तयारीमा रहेको छ, सो हकप्रद निस्कासन पछि कम्पनीको चुक्तापुंजी १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमशिक अबधिमा कम्पनीले ३४ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
सूर्या लाइफ इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यवाट १० करोड रुपैयाँ र बीमालेख धितोमा २७ करोड २८ लाख रुपैयाँ लगानी गरी ६३ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो । कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा २ अर्ब ९० करोड हाराहारीमा पुगेको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमशिकमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३६ पैसा, प्रति शेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २३.७० गुणा बढी छ । कम्पनीले बिमांकीय मूल्याङन र सो पश्चात् हुन आउने नाफाले प्रती शेयर आम्दानी तथा नेर्टवर्थमा परिर्वतन हुनसक्ने जानकारी दिएको छ ।

कम्पनीले ३८० कुल दाबीका लागि ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३१ दावी वापत एक करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीकोजगेडा कोष तुलात्नामक रुपमा आकर्षक रहेको छ, कम्पनीले जगेडा कोषमा ३९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३८ करोड ९२ लाख र महाविपत्ति जगेडा कोषमा ५ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ । कम्पनीले सार्बजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले बजारको अवस्था अनुसारको रणनीति बनाएर अगाडी बढेको खण्डमा बजारबाट फाइदा लिन सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS