Prabhu Life Ad Final

मेट लाईफको बीमाशुल्क १५ प्रतिशतले बढ्यो

IME PAY
IME Life

काठमाडौ । मेट लाईफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्ष २०७५/७६ मा बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ८६ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको गत आवको प्रथम वित्तिय विवरण अनुसार गत आवको अन्त्यसम्मा कम्पनीमा ८ लाख बीमालेख कायम रहेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ७४ हजार ९८ बीमालेख कायम रहेको थियो ।

त्यस्तै, गत आवको अन्त्यसम्ममा कम्पनीले ४९ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २९ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
गत आवको प्रथम त्रैमाससम्ममा कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ५४ करोड १२ लाख रहेको छ । कम्पनीले १३४ वटा दाबीको भुक्तानी गरेको छैन ।
कम्पनीको जगेडा कोष ६६ प्रतिशतले बढेर १ अर्ब ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोष ९५ करोड २८ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष भने १२ प्रतिशतले बढेर १५ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS