सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस सातमा

Citizen Life Insurance Co

 

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा पुस ७ गते हुने भएको छ । कम्पनीको  बिहिबार बसेको संचालकसमितिको बैठकबाट निर्णय गरेको हो ।

साधारणसभाले  सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकहरुको निर्वाचन गर्ने, चुक्ता पुँजीको २ दशमलव २५ प्रतिशतले हुन आउने १७ लाख १ हजार नगद लाभांश वितरण गर्न पारित गर्ने र ४२ दशमलव ७५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख १९ हजार बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने भएको छ । संचालक समितिको सिफारिस बमोजिम कम्पनीको अधिकृत जारी र चुक्ता पुँजी वृद्धि गर्नै प्रस्ताव रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार