Prabhu Life Ad Final

कृषि बीमा अनुदानका लागी ७० करोड बिनियोजन

IME PAY
IME Life

सरकारले चालु आर्थिक बर्ष २०७५/७६ मा कृषि बिमा अनुदानका लागी ७० करोड रुपैयाँ बिनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पशु बीमा अनुदान लागी ४० करोड रुपैयाँ र बाली बीमा अनुदानका लागी ३० करोड रुपैयाँ विनियोजन भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार चालु आवका लागी विनियोजन गरेको रकम गत आवको तुलनामा शतप्रतिशत बढी हो । गत आव कृषि बीमाका लागी सरकारले ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये कृषि विकासका लागि १० करोड ५० लाख र पशुपन्छी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको थियो ।

कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव २०७०/७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । दोस्रो बर्ष आव २०७१/७२ मा भने सरकारले जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । उक्त बर्ष भने कृषि बिमा व्यापक रुपले बढ्यो । विनियोजित रकम अपुग भए पछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव २०७२/७३ को लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । उक्त बर्ष पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS