उन्नति माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ४२.६३ प्रतिशत लाभांश

उन्नति माइक्रोफाइनान्सले आफ्ना शेयरधनीहरुलाई बोनस सेयर दिने भएको छ । संस्थाको सञ्चालक समितिको १२२ औँ बैठकले शेयरधनीहरुलाई ४०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.३१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित निर्णय नेपाल राष्ट्र बैैक तथा वित्तीय संस्थाको साधारण सभाले पारित गरे पछि मात्र वितरण गरिनेछ ।
हाल यसको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार