नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरीषद्को बैठकले कार्यकारी निर्देशकमा नेपालललाई नियुक्त गरेको हो । कोषको कार्यकारी निर्देशकमा तिन जनाको नाम सिफरीस गराएको थियो ।

अर्थमन्त्रालयले गठन गरेको छनोट समितीले नेपालका साथै कपिल ज्ञवाली र शेषरमण आचार्यलाई सिफारिस गरेको थियो । कोषको तत्कालीन कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले पदबाट राजीनामा दिएपछी कार्यकारी पद रित्त भएको थियो ।
सिफारिस भएका ३ जना मध्येबाट नेपाललाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार