दिव्य लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

दिव्य लघुवित्त वित्तीय संस्थाले आफ्नो केन्द्रिय तथा शाखा कार्यालयहरुका लागि केही कर्मचारीको माग गरेको छ । संस्थाले सहायक अधिकृत पदका लागि २, सुपरभाईजर पदका लागि २ र वरिष्ठ सहायक शाखा प्रमुख पदका लागि केही कर्मचारीको माग गरेको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदावरले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिई सक्नु पर्ने छ । आवेदकले हस्तलिखित आवेदन, पूरा वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि साथै कार्याअनुभवको प्रतिलिपि संकलन गरि यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा ईमेल ठेगानामा पठाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार