अनलाईन प्रणालीमा भएको प्राविधिक समस्याले लगानीकर्ता निराश


अनलाईन सेयर कारोबार प्रणालीको औपचारीक सुरुवात भएको पाँच दिन वितिसक्दा पनि सफट्वेयरले काम गरेको छैन । यति लामो समयसम्म सफट्वेयरले काम नगरेपछि नेपाल इन्भेष्ट्रर्स फोरमले प्रेस विज्ञप्ती जारी गर्दै लगानीकर्ता निराशा भएको बताएको छ ।

लामो समयको पखाई पछि सञ्चालनमा आएको अनलाईन कारोबार प्रणालीले लगानीकर्ता उत्साहीत भएका छन् । तर उद्घाटनकै दिन देखी सुरु भएको प्राविधिक समस्या अहिलेसम्म पनि समाधान नहुँदा लगानीकर्ताको गम्भिर ध्याकर्षण भएको विज्ञप्तीमा उल्लेख गरेको छ । साथै १४ खर्ब ५० अर्ब भन्दा बढी पूँजीकरण भएको र १५ लाख भन्दा बढी लगानीकर्ताहरु आबद्ध बजारमा हुचवाको भरमा काम हुनु दुखद पूर्ण विषय भएको फोरम उल्लेख गरेको छ । जतिसक्दो छिटो यो समस्या साधान गर्न समेत आव्हान  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार