IME Life

४ वटा कम्पनीले पाए आईपिओ निकाष्शनको अनुमती

SPIL
NIC ASIA


चालु आर्थिक बर्ष २०७५/७६ को प्रथम त्रैमाससम्ममा नेपाल धितोपत्र बोर्डमा २५ वटा संगठित संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को अनुमतिका लागि निवेदन दिएका छन् । जसमध्ये ३ वटा जलविद्युत कम्पनी र १ वटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थाहरुलाई बोर्डले अनुमती प्रदान गरेको छ । उक्त कम्पनीले १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आईपिओ जारी गर्ने अनुमती पाएका छन् ।

प्रक्रियामा रहेकामध्ये १० वटा संगठित संस्थाको निवेदन प्रारम्भिक पूनरावलोकनको प्रक्रियामा रहेकोमा २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न सूचित गरिएको बोर्डले बताएको छ । प्रक्रियामा रहेका ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आईपिओ निष्काशन गर्न सूचित गरिएको छ । त्यस्तै १ वटा संस्थाकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइको बोर्डले बताएको छ । यस अवधिमा ७ वटा संगठित संस्थाहरुले बोर्डको राय सुझाव बमोजिम विवरण पत्रमा आवश्यक संशोधन गरी जवाफ पेश गरेकोमा प्राप्त जवाफको पूनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न सूचित गरिएको बोर्डले जानकारी दिएको छ ।

Prabhu
Crest

प्रक्रियामा रहेकामध्ये गर्जाङ उपत्यका हाइड्रो पावर, लाफिङ्ग बुद्ध पावर नेपाल र यूनिक हाइडेललाई आवश्यक कागजात तथा प्रक्रिया पूरा गर्न सूचित गरिएकोमा लामो अवधि व्यतित हुँदा पनि कुनै प्रतिकृया प्राप्त नभएको बोर्डले बताएको छ ।
गत आवको पहिलो त्रैमास अवधिमा जम्मा १९ वटा संगठित संस्थाहरुको निवेदन आईपिओ अनुमतिको प्रक्रियामा रहेका थिए । गत आवको सोही अवधिमा जम्मा १ वटा कम्पनीलाई १ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरिएको तुलनामा चालु आबको पहिलो त्रैमासमा आईपीओ अनुमतिको संख्या र रकम दुवैमा उल्लेख्य बृद्धि भएको छ ।

त्यसैगरी चालु आवको पहिलो त्रैमासमा २ वटा संगठित संस्थाले हकप्रद शेयर निष्काशन गर्न निवेदन दिएका छन् । गत आवको सोही अवधिसम्ममा जम्मा ३१ वटा संगठित संस्थाहरुको हकप्रद शेयर निष्काशन अनुमति सम्बन्धी निवेदन प्रकृयामा रहेका थिए । यस आव को पहिलो त्रैमासमा हकप्रद निष्काशनको संख्या तथा रकममा कमी आएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पु¥याइसकेको देखिएकोले हकप्रद शेयर निष्काशनमा कमी आएको छ ।

प्रक्रियामा रहेकामध्ये यस अवधिमा ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई १६ करोड ९० लाख रुपैयाँ रकम बरावरको हकप्रद शेयर निष्काशन गर्न अनुमति दिईएको बोर्डले जनाएको छ । पेश गरिएका निवेदनमध्ये ६ वटा संस्थाको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु अध्ययन गरी आवश्यक सुधार गर्न राय सुझाव पठाइएको छ । साथै १ वटा संस्थाको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु पूनरावलोकनको प्रक्रियामा रहेको छ । प्रक्रियामा रहेको मध्ये अपिपावर कम्पनीले पेश गर्नुपर्ने अद्यावधिक विवरणहरु हालसम्म प्राप्त भएको नभएको बोर्डले बताएको छ । गत आबको सोही अवधिमा जम्मा १४ वटा कम्पनीलाई ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन अनुमति प्रदान गरिएको थियो ।

२ वटा संस्थालाई ऋणपत्र निष्काशनको अनुमती
चालु आवको पहिलो त्रैसमामा बोर्डले २ वटा संगठित संस्थालाई ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको छ । गत आवको सोही अवधिमा ऋणपत्र निष्काशनको लागि कुनै पनि संगठित संस्थाले निवेदन दिएका थिएनन् । त्यसैगरी बोर्डले १७ वटा संगठित संस्थाहरुकोे ५ अर्व ७६ करोड रुपैयाँ बरावरको बोनस शेयर दर्ता गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा संख्यात्मक हिसाबले ८८ दशमव ८९ प्रतिशत तथा रकमको हिसाबले ५४३.५४ प्रतिशतले बढि हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS