IME Life

भाईटिकामा उपहार स्वरुप बीमा पोलिसी

SPIL
NIC ASIA


बिजया बास्कोटा
खोटाङ घर भएका रमेश राईले यस पालिको भाईटिकामा आफ्नि दिदिलाई बीमा पोलिसि उपहार दिने योजनामा रहेका छन् । बद्लिदो समय सँगै बढेका विभिन्न जोखिमहरु लाई मध्यनजर गर्दै राईले उपहार स्वरुप दिदि लाई बीमा पोलिसि खरिद गर्ने भएका हुन् । भाई टिकामा दिदि बहिनिले टिका लगाई दिए पछि दाजु भाईले पनि दक्षिणाका साथमा विभिन्न किसिमका बहुमुल्य सामानहरु दिने परिपाटि कायम रहेको बेला रमेशले भने नयाँ उपहार दिने निर्णय गरेका छन् । भाईटिकामा दिएको उपहारले दिदिको भविष्यमा पर्न सक्ने जोखिम लाई सामना गर्न मद्धत पुग्ने सोचका साथमा यो उपहार दिन लागेको राई बताउँछन् ।

यसै गरि भक्तपुरका रोशन श्रेष्ठले पनि यस पालिको भाईटिकामा आफ्नि बहिनि लाई २ लाख बिमाङ्क बराबरको बीमा पोलिसि उपहार स्वरुप दिने भएका छन् । भाईटिकामा महङ्गा सामानहरु दिनुको सट्टा बरु दिर्घकालसम्म रहिरहने उपहार दिनु नै वेश हुन्छ श्रेष्ठले बताए । आज मैले उपहार स्वरुप दिएको यो बीमा पोलिसिले मेरी बहिनिको भविष्य उज्जवल हुन्छ । उसको शिक्षामा सहयोग पुग्छ, त्यसैले यसपालिको भाईटिकामा मैले नौलो उपहार दिन लागेको हो उनले भने ।

Prabhu
Crest

उदयपुर निवासि हर्क विक पेशाले शिक्षक हुन् । उनी आफ्नो घर नजिकैको एक विधालयमा पढाउँछन् । भाईटिका नजिकिदै गर्दा उनले पनि आफ्नि दिदि लाई रोशन र रमेशले जस्तै बीमा पोलिसि उपहार स्वरुप दिने पक्का गरेका छन् । भाईटिकामा दिदि बहिनिहरुले आफ्ना दाजुभाईहरुको लामो दिर्घायु तथा उन्नत्तिको कामना गर्छन् । अनि दाजुभाईहरुले चाहिँ दक्षिणा साथै केही उपहारहरु दिन्छन्, जुन उपहारहरु क्षणिक समयका लागि मात्र उपयोगि हुन्छन् । जोखिमहरु बढ्दै गर्दा बीमा व्यवसाय पनि उत्तिकै मात्रामा बढ्दै छ । मेरो दिर्घायु र सफलताको कामना गर्ने मेरी प्यारी दिदिलाई उसको भविष्यमा पर्न सक्ने खतरा लाई न्यूनिकरण गर्न सघाँउ पुगोस भन्ने हेतुले यो उपहार दिन लागेको छु उनले बताए ।

वर्ष दिनमा मनाईने पर्वमा नेपालीहरुले धेरै अनावश्यक खर्च गर्ने गर्छन् । सरसापट गरेर भए पनि देखावटि रुपमा चाडवाड मनाउने गर्छन् । कतिपय दाजुभाईहरु यस पालिको भाईटिकामा आफ्ना दिदिबहिनिहरुलाई के उपहार दिने भन्ने सोचमा हुनुुन्छ होला र कतिपयले त तयार पनि गरि सक्नु नै भयो होला । यदि के दिने भन्ने सोचाईमा परिरहनु भएको छ भने रमेश, रोशन र हर्कले झै बीमा उपहार दिन सक्नु हुन्छ । यी व्यक्तिहरुले जस्तै आफ्ना दिदिबहिनिहरुलाई लामो समयावधि सम्म रहिरहने उपहार दिन सक्नु हुन्छ ।

बीमा बजारमा रहेका जीवन बीमा कम्पनीहरु मार्फत तपाई लाई सुहाँउदो एक बीमा पोलिसि रोज्न सक्नु हुन्छ । यस पालि भाईटिकामा मैले दिदिबहिनिलाई दिने उपहार महत्वपूर्ण होस् र नौलो होस् भन्ने सोचाईमा रहनु भएको छ भने एक उत्तम उपहार बीमा हुनेछ । तपाईको जीवनको दिर्घायुको कामना गर्ने दिदिबहिनिहरु लाई तपाईले पनि काम लाग्ने उपहार दिनु होस्, तपाईले दिएको उपहारले उनीहरुको भविष्यमा आउन सक्ने जोखिम लाई न्यूनिकरण गर्न सजिलो होस् । यी सबै कुराहरु लाई समेट्ने एक मात्र उपहार बीमा हुनेछ ।

बीमा बीमित र बीमकका बीच गरिने एक करार पत्र हो । जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमक बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS