Prabhu Life Ad Final

बीमा समितिमा बल्ल खुल्यो निर्देशकको दरबन्दी

IME PAY
IME Life


लामो समय पछि बीमा समितिले निर्देशक पदका लागी दरबन्दी खुलाएको छ । धेरै समय रिक्त रहेको उक्त पदपूर्तिका लागी कार्य समितिले कार्यक्षमता मूल्यांकन बढुवाको सुचना प्रकाशित गरेको छ । योग्यता पुगेको उम्मेद्धारलाई दरखास्त दिन समितिले आवहन गरेको छ । समितिले १ जना कार्यकारी निर्देशक (विशिष्ठ), २ जना निर्देशक (अधिकृत प्रथम) र १ जना उप निर्देशक (अधिकृत द्धितिय) का आवेदन मागेको हो ।

फाईल बढुवाका आधारमा आवेदन खुल्ला गरिएको कार्यकारी निर्देशकका लागी ५ बर्ष निर्देशक पदमा रही काम गरेको हुनुपर्नेछ । यसर्थ अहिले समितिमा उक्त पदको एक जना मात्र दावेदर निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल हुन् । उनी उक्त पदका लागी एक्ला उम्मेद्धार हुन् । अर्को निर्देशक कमल रेग्मी उक्त अवधि नपुगेकाले उनीले यसमा आवेदन दिन पाउँने छैनन् ।

त्यसैगरी उप निर्देशकमा पाँच बर्ष पुरा गरेकाले निर्देशकका लागी आवेदन दिन सक्नेछन् । यस पदका लागी अहिले पाँच जनाको दावेदारी छ । जसमध्ये उप निर्देशकहरु कुन्दन सापकोटा, धुव्र तिमिल्सना, पुजना ढुगेल, दिनेश लाल कर्ण र सुशिल देव सुवेदी हुन् । यिमध्ये अवधिको आधारमा दिनेश लाल कर्ण सबैभन्दा पुराना हुन् । उनी २०५१ सालमा नै समितिमा प्रवेश गरेका हुन् । त्यसैगरी धुव्र तिमिल्सना र कुन्दन सापकोटा पर्छन । तर, यस अघिका बर्षमा समितिले गरेको मूल्यांकनको आधारमा सुशिल देव सुवेदी पहिलो नम्बरमा परेका थिए ।

सहायक निर्देशकमा पाँच बर्ष पुरा गरेकाले मात्रै उप निर्देशकमा आवेदन दिन पाउँनेछन् । उक्त पदका लागी समितिमा सात जनाको दावेदारी रहेको छ ।

त्यसैगरी समितिले आन्तरिक तर्फ पनि निर्देशक, उप निर्देशक र सहायक निर्देशकका लागी १÷१ जनाको आवेदन मागेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS