सिर्जना फाइनान्सले १५ प्रतिशत वोनस शेयर र ९.५० प्रतिशत नगद लाभांश दिने

सिर्जना फाईनान्स लिमिटेडले लाभांश दिने भएको छ । फाईनान्सले १५ प्रतिशत वोनस शेयर र ९.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।

फाइनान्सको सोमबार बसेको सञ्चालक समितिको १९३ औँ बैठकले लाभांश दिने निर्णय गरेको छ । फाइनान्सको हाल कायम रहेको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ बाट लाभांश दिन लागेको हो ।

फाइनान्सको निर्णय लाई नेपाल राष्ट्र बैंक र आगामि वार्षिक साधारणसभाले पारित गरे पछि मात्र कार्यान्यवयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार