आज देखि अनलाइन ट्रेडिङ शुरु

Citizen Life Insurance Co

नेपाल स्टक एक्सचेञ्जले आज बाट अनलाइन कारोबार शुरुवात गरेको छ । लामो समयको पखाई पछि नेप्सेले मंगलबारबाट स्वचालित अनलाइन कारोबारकोे विधिवत शुरुवात गरेको हो ।

अनलाइन कारोबारको औपचारिक उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले वित्तीय विश्लेषण गरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । साथै संस्थागत लगानीकर्तालाई आफनो पोर्टफोलियो व्यवस्थापनको लागी पनि बजारमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष्य चिरञ्जीवि चापाँगाईले अनलाई कारोबार सुरु गरेकोमा नेप्से र लगानिकर्ताहरु लाई शुभकामना दिए ।

नेपाल स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले अहिलेको बजारमा संस्थागत लगानिकर्ताहरुको कमी रहेको कुरा औलाए । त्यसैले जतिसक्दो छिटो मार्केट मेकरको निर्माणको प्रक्रियामा लाग्नु पर्ने बताए ।

ब्रोकरहरुको ४१ ठाउँमा स्थानमा शाखा कार्यलय स्थापना भै सकेको छ । ५ सय ७७ वटै स्थानिय निकायमा प्राथमिक बजार पुगेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले बताए । अनलाईन कारोबारले अब दोस्रो बजारलाई पनि स्थानिय तहमा पुरयाउँन सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार