पुर्नबीमाले विदेशिने रकम रोक्ने मात्रै हैन, उल्टै व्यवसाय भित्राएको छ – चिरायू भण्डारी

Citizen Life Insurance Co
चिरायू भण्डारी, प्रमुख कार्यकारी अधिकृत, पुर्नबीमा कम्पनी

नौ बर्ष राष्ट्रिय बीमा संस्थान तथा २६ बर्ष नेशनल लाइफ इन्स्योरेन्समा पनि काम गरे पछि चिरायू भण्डारीले २०७२ साल साउन महिना देखि नेपालको एक मात्र पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गरेका हुन् । देशमा आतंककारी गतिविधिबाट सृजित जति पनि जोखिमहरुलाई कम गर्न नेपालमा सञ्चालित १७ वटै निर्जीवन बीमा कम्पनीहरु तथा नेपाल सरकारको संयुक्त साझेदारीमा नेपाल पुनर्बीमाको स्थापना भएको थियो । त्यही पुललाई २०७१ साल कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा परिमार्जन गरियो चालु आर्थिक बर्षभित्र मात्रै पनि ठूलो मात्रामा पुनर्बीमा मार्फत विदेशिने रकम रोकिएको छ । यो पुनर्बीमा कम्पनीकै परिणाम हो । विदेशीने रकम रोकिनुको साथै विदेशको रकम भित्राउन सफल भएको छ । यसै सन्दर्भमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार:
पुर्नबीमा बापत विदेशिने रकमलाई रोक्न पुर्नबीमा कम्पनी खोलिएको हो ? बार्षिक कति रकम विदेशिनबाट रोकिएको छ त ?
हामीले ६ अर्ब जती लोकल मार्केटमा पुर्नबीमा मार्फत लिने र डेढ अर्ब जती हामीले विदेशबाट ल्याउने यी दुबै गरेर करीब साढे ७ अर्ब हुन्छ । यसलाई हामीले हाम्रो सुरक्षाको लागि रेट्रोेसेशन (पूर्नबीमाको पनि पूर्न बीमा ) गछौ । हामीले रेट्रोरेशन बापत ७५ करोड रुपैयाँ विदेशमा पठाउछौ । यो हिसाबले नै हामीले विदेशमा जाने पैसा कती रोक्यो भनेर स्पष्ट हुन्छ । यसका साथै हामीले बाहिर जाने रकम त रोक्यौ । नेपालबाट बाहिर जाने ६ अर्ब रुपैयाँ रोकेका छौ । यो आर्थिक बर्षमा हामीले पुर्नबीमा मार्फत विदेशिने रकममा पूर्न बीमा शूल्क व्यापार घाटा उल्टो हामीले ७५ प्रतिशत कमाएका छौ । नेपालबाट बाहिर जाने पैसा हामीले रोकेका छौ ।

बजेट मार्फत कम्पनीहरुले २० प्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा नै गर्ने भनिएको थियो । त्यो कार्यन्वयन भएको छ छि छैन ?
यो कार्यन्वयन भएको छ । सुरु सुरुका दिनमा यसको कार्यन्वयनमा त्यत्ति प्रभावकारी हुन सकेको थिएन् । कम्पनीहरुको यसमा सहमती भएको थिएन् । यो नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा हेर्ने हो भने त्यहाँको सरकारले केही प्रतिशत पुर्नबीमा कम्पनीलाई दिनुपर्छ भन्ने निर्दशन दिएको हुन्छ । भारतको कुरा गर्न हो भने पनि त्यहाँ जिआईसी– रि खुल्दा भारत सरकारले त्यहाँको नियमकारी निकायले २० प्रतिशत अनिवार्य रुपमा पूर्नबीमा गनुपर्ने भन्ने नियम राखिदिएको थियो । तर नेपालमा यसको प्रयोग पछी हुन गएको छ । त्यही पनि राम्रै भएको छ । यसमा साथै बीमा समितीले जारी गरेको पूर्नबीमा निर्देशीका २०७१ मा ३० प्रतिशतसम्म प्रत्यक्ष हिस्सा लिन सक्छ भन्ने व्यवस्था गरेको छ , त्यसका लिन सक्छ भन्ने भनेको गरेको छ लिनुपर्छ भन्ने गरेको छैन । त्यसले गर्दा कम्पनीहरुलाई सुरु सुरुको दिनमा समस्या भएको हो ।

नेपाल पुर्नबीमाको अन्तराष्ट्रिय व्यसायको अवस्था कस्तो छ ? अहिले कतिवटा मुलुकबाट व्यवसाय भित्राउँदै हुनुहुन्छ ?
हामी छिटो अघि बढेको भन्दा पनि बिस्तारै अघि बढीरहेका छौ । हामीले विदेशबाट डेढ अर्ब रुपैया भित्रयाउने लक्ष्य लिएका छौ । हामीले बीमा कम्पनी र पुर्नबीमा कम्पनीबाट व्यवसाय भित्राउदै छौे । नेपाल पुर्नबीमा कार्यान्वयन पछी हामीले दुईवटा कम्पनीबाट व्यवसाय भित्रयाएका थियौ । उक्त समयमा अफगानिस्तानको पुर्नबीमा व्यवसाय ल्यायाँै । यस्तै भुटानको पुर्नबीमा पनि ल्यायौं । ३० वटा भन्दा मुलुकबाट व्यवसाय भईरहेको छ । सार्क मूलूक र गल्फका, केन्या लगायतका देशहरुबाट हामी व्यवसाय भित्रयाउदै छौ । रुसबाट हामीलाई प्रपोजल आईरहेको छ । युरोपको लागि नि हामी रेटिङ प्रक्रियामा लागि रहेको छौ । हामी बिस्तारै अन्तराष्ट्रिय बजारमा जाने हाम्रो लक्ष्य रहेको छ । हालसम्म हामीले नकरात्मक धारणा पाएका छैनौ । बीमा कम्पनीको सुरुवातसगै दुई मुलुकहरुको व्यवसाय भित्राएका थियौ । यसबाट हालको दिनसम्म आईपुग्दा अन्तराष्ट्रिय कम्पनीहरुबाट व्यवसाय भित्राउने क्रम बढीरहेको छ । हालको दिनसम्म यसबाट सकारात्मक धारणा पाईरहेका छौ ।

नेपालको पुर्नबीमा व्यवसायलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि विस्तार गर्न कस्तो खालको रणनीति अपनाउँदै हुनुहुन्छ ? कस्ता खालको बीमालाई प्राथमिकतामा राख्नु भएको छ ?
यसमा ब्रोकरहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ब्रोकरहरुले हामीलाई व्यवसाय ल्याएको छ । हामीलाई उहाँहरुलाई पनि बिजनेस दिईरहेका हुन्छौ । रेट्रोसेशसन गर्ने क्रममा हामीहरुलाई बाहिरी कम्पनीहरुबाट व्यवसाय दिईरहेको हुन्छ । त्यक्ति नै मात्रामा हामीहरुले उहाँहरुलाई बिजनेस दिन्छौ । यो बीमा यो राम्रो र यो नराम्रो भन्ने हुदैन । जोखीम कतीको छ त्यो आधारमा बीमा योजनालाई प्राथमिकता दिइरहेका हुन्छौ । हामी अन्तराष्ट्रिय बीमा बजारमा बीमा योजना लैजादा यसमा एउटै खालको बीमा लागु हुन्छ भन्ने हुदैन । त्यहाँको वातावरण अनुसार हामी त्यस्तो खालको बीमा योजनालाई प्राथमिकता दिईरहेको हुन्छौ ।

केही समय देखि भारतबाट पनि व्यवसाय भित्राउँनु भएको छ ? कस्तो छ त्यहाँको व्यवसाय?
अहिलेसम्मको ईतिहासमा हेर्ने हो भने जती पनि नेपालबाट बीमा पूर्नबीमा हुन्थ्यो त्यो भारतमा नै हुन्थ्यो । त्यो भन्दा बाहेक अन्य देशमा हुदैनथ्यो । सन् २०१८ को अप्रिल १ देखि भारतको नियमनकारी निकाय आइआरडीएलले विदेशी कम्पनीले पनि पुर्नबीमा व्यवसाय गर्न पाउने भनेर स्वीकृति दिएको छ । पहिला यस्तो व्यवस्था थिएन् । यसअघि हाम्रो पुर्नबीमा व्यवसाय जति पनि लैजान पाउने तर भारतबाट व्यवसाय पनि ल्याउन नपाउने अवस्था थियो । हामीले क्षमता देखाएर उताबाट व्यवसाय ल्याउन अनुमति पाएका छौं । त्यहाँका ६ वटा इन्स्योरेन्स कम्पनीबाट व्यवसाय ल्याएका छौं । अन्तराष्ट्रिय स्तरको बजारमा भोलिको दिनमा व्यवसाय लिनको लागि पनि यसले राम्रो वातावरण तय हुने देखिन्छ । भारत जस्तो ठूलो मूलूकले हामीलाई व्यवसाय दिएको हुदाँ भोलिको दिनमा यस्ता ठूला मूलूकहरुले पनि व्यवसायको हात अघि बढाउने देखिन्छ ।

विदेशमा नेपाली पुर्नबीमा प्रतिको दृष्टिकोण कस्तो पाउँनु भएको छ ?
विदेशबाट हामीलाई हेर्ने नजरको कुरा गर्दा सुरुको दिनमा हामीले मात्र व्यवसाय दिनुपर्ने थियो र विश्वासको वातावरण पनि त्यक्ति तय गर्न सकिएको थिएन् । तर हालको जुन स्थिती हेर्ने हो भने हामी बिस्तारै अघि बढ्दै गईरहेका छौ र हामीलाई हेर्ने दृष्टिकोण पनि राम्रो भएको देखिन्छ । हामी विभिन्न देशहरुबाट व्यवसाय भित्रयाउदै र सम्बन्ध प्रगाढ बनाउदै गईरहेका छौ । यसले हामीलाई राम्रो सम्बन्ध स्थापना गर्न पनि सहयोग भईरहेको छ । हालसम्म हामीलाई सकारात्मक धारणा नै आईरहेको पाईन्छ ।

कम्पनीले प्राथमिक सेयर कहिले जारी गर्छ त ?
हामीले सबै प्रमोटरहरु कुरा राखिसककेका छौ । उहाँहरुले हकप्रद सेयर दिनको लागि आह्वान पनि गराएका छौ । त्यो आईसकेपछि हामीले आरबीबीलाई इस्यू म्यानेनजर पनि बनाएका छौ । अबको एक दुई महिनाभित्र हामीले प्राथमिक सेयर जारी गरीसक्छौ ।

कम्पनीका नयाँ योजानाहरु के-के छन् ?
हामीले मुख्यतः कम्पनीलाई अघि बढाउनको लागि रेट्रिङलाई नै बढी ध्यान दिनुपर्दछ र अर्का कुरामा दक्ष जनशक्ति तयार गनुपर्ने हुन्छ । कर्मचारीहरुलाई राष्ट्रिय भन्दा पनि अन्तराष्ट्रिय स्तरको तालिमहरु प्रदान गन र उनीहरुको क्षमता वृद्धि गर्न र बढी भन्दा बढी मात्रामा अन्तराष्ट्रिय स्तरमा विश्वासको वातावरण दिलाउने काम गर्न योजना बनाईरहका छौ । हामीले बाहिरको कम्पनीहरुलाई कती छिटो मात्रामा दाबी भुक्तानी त्यो अनुसार नै हाम्रो कामको मूल्याङकन हुने गर्दछ । यसलाई पनि हामी ध्यानमा राखेर अघि बढाउने योजना बनाईरहेका छौ ।

नेपालका बीमा क्षेत्रमा चुनौतीहरु के के हुन् ?
बीमा गनुपर्छ भन्ने धारणा नै छैन । हामीले मात्र बीमा गनुपर्छ भनेर हुदैन । व्यक्तिहरुमा चाहेर आफू इच्छाले बीमा गरिरहेको छैन । मोटरमा बीमा गर्नु नै पर्छ र घरको कर्जा लिदाँ बीमा गनुपर्छ भन्ने धारणा आमजनसमुदायमा रहेको छ । अनिवार्य रुपमा बीमा गनुपर्नेमा मात्र बीमा गराएको पाईन्छ । बीमा मैले मेरो सुरक्षाको लागि गर्ने हो र जहिलेसम्म बीमालाई आवश्यकता ठानिदैन । तबसम्म बीमाको बारेमा जानकारी मात्र दिएर मात्र हुदैन । यसको विकास बिस्तारै हुन्छ । आगामी दिनमा बीमा चेतना पनि बढ्दै जानेछ । हिजोको भन्दा बीमा बजार आज राम्रो भएको छ र यसको बजार बढ्दै जादै छ । यसको बजार बढ्दै जाने क्रम बढ्दो छ । बजार खाली नै रहेको छ ।

बीमा चेतना वृद्धिको लागि के गनुपर्ला ?
यसमा संचांर माध्यमको यसमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । बीमा सम्बन्धि खबरहरुलाई आमजनसमुदायमा प्रस्तुत गर्दा सकारात्मक सन्देश जाने खालको सन्देश प्रवाह गर्नुपर्दछ । बीमाको बारेमा समाचारहरु आउदा कतीपय अवस्थामा नबुझीकन पनि नकारात्मक समाचारहरु आउने गर्दा यसमा असर गर्दछ । जस्तै ः बीमा गर्दा बीमीतले पूर्ण कागजपत्र र विवरण कम्पनीमा नदिएसम्म त दाबी भुक्तानी गर्दैन । तर उक्त घटनालाई तर समाचार सम्पेषणको रुपमा ल्याईरहनु भईरहेको छ । बीमीतले के गरेर भुक्तानी पाएन त भन्ने कुरा यसमा बुझनु जरुरी देखिन्छ । बीमा आम जनस्तरमा सकारात्मक सूचना पुग्दा राम्रो हुन्छ । इन्स्योरेन्स कम्पनीहरुले पनि त्यही अनुसार क्यासलेस पोलिसीहरु ल्याईरहेको छ । बिस्तारै बीमा चेतनामा पनि वृद्धि पनि हुदै जानेछ ।

नेपालमा पुर्नबीमा कम्पनी कसरी स्थापना भयो ?
नेपालमा पनि जतिबेला सशस्त्र युद्ध भयो र ठूलो द्वन्द्ध चर्कियो । नेपालमा द्वन्द्ध चर्किएपछि ठूला ठूला क्षतिहरु भए । नेपालमा भएको द्वन्द्ध र ठूला क्षतिहरु पछि विदेशी पुनर्बीमा कम्पनीहरुले आतंकबाद जोखिम गर्न मानेनन् । विदेशी बीमा कम्पनीहरुले नस्वीकारे पछि नेपालमा पनि पुनर्बीमा कम्पनीको आवश्यकता महसुुस भयो । त्यसमाथि बैंकहरुले पनि बीमा नगरीकन फाइनान्स नगर्ने भनेपछि समस्या भयो । र नेपाल सरकारले एउटा पुल खडा गर्र्यो । जसमा नेपाल सरकारको पाँच करोड अनि १७ वटा निर्जिवन बीमा कम्पनीको ३५-३५ लाखको लगानी गरेर आकस्मिक बीमा कोष खडा भयो । सोही कोषलाई विस २०७१ कार्तिक २० गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा विकसित गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार