सानिमा जनरलको शाखा विराटनगरमा विस्तार

सानिमा जनरल  इन्स्योरेन्स कम्पनीले विराटनगरमा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका सहायक प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रबन्धक अनिल राज गिरीको उपस्थितिमा कम्पनी सञ्चालक खेम राज लामिछानेले शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

कम्पनीले आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपाल अधिराज्य भरि २० वटा शाखा कार्यालयहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहँुचका साथै यथोचित सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार