IME Life

नेशनल लाइफ इन्स्योरेन्सको २ लाख ७८ हजार कित्ता शेयर लिलाम खुल्यो

SPIL
Sanima Reliance

नेशनल लाइफको लाइफ इन्स्योरेन्सको आजदेखि २ लाख ७८ हजार १ सय १९ दशमलव ३४ कित्ता सेयर लिलाम खुल्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । उक्त शेयर खरीदको लागि कात्तिक २६ गतेसम्म दिन पाउने भएको छ ।


कम्पनीले यसअघि साउन १ गतेदेखि भदौ १९ गतेसम्म ९९ लाख ३६ हजार ४७७.५ कित्ता (६०५) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।जसमा ९६ लाख ५८ हजार ३५८.२० कित्ताका लागि मात्र आवेदन परेको थियो । २ लाख ७८ हजार ११९.३४ कित्ता हकप्रद बिक्री हुन सकेन । हकप्रद नबिकेको सेयर अहिले लिलामी प्रणालीबाट बिक्री गर्न लागिएको हो ।
यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
हाल कम्पनीको  चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x